यस्तो छ विश्वकै अग्लो आवासीय भवन

दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको छ । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् ।
युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गरेका हुन् । दुबै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरे ।
४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्वकै अग्लो भवनको रेकर्ड कायम भएको म्यानहटनको ५७औं स्ट्रिटमा रहेको सेन्ट्रल पार्क टावरमा ९८ तला छन् । भवन दुबईको बिजनेस बेको मुटुमा हुनेछ । भवनको माथिल्लो भागमा स्पाइरहरू हुनेछ । भवनभित्र चालक र निजी शेफ हुनेछ । त्यस्तै, स्वीमिङ पुल र लाउन्ज क्षेत्रको सुविधासहितको विशेष निजी क्लब पनि रहनेछ ।
‘माथिल्लो तलामा निकै विलासी र विशेष पेन्टहाउसहरू निर्माण गरिनेछ । भवन सञ्चालनको मिति भने घोषणा हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचनाको हक कुण्ठित गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय
-
एमसिसी कार्यान्वयनमा नुल्यान्डको चासो
-
रविलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी
-
विद्युतीय राहदानी : एक महिनाका लागि अनलाइन बुकिङ खुला
-
कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना