बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महारथी, दुई फरक सुरुवात : कसले मार्ला बाजी ?

आइतबार, ११ मङ्सिर २०७९, ०९ : ०४
आइतबार, ११ मङ्सिर २०७९

फरक तरिकाले यो विश्वकपको सुरुवात गरेका दुई युरोपियन महारथी आइतबार अल बायत स्टेडियममा आज भिड्दैछन् । स्पेन र जर्मनीबीच नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ बजे खेल हुँदैछ ।
ला रोहाले पहिलो खेलमा आफ्नो विश्वकपको इतिहासकै सबैभन्दा ठुलो जीत हासिल गरेको थियो भने डी मानचाफ्टले विश्वको सबैभन्दा ठुलो फुटबल प्रतियोगितामा लज्जास्पद हार बेहोरेको थियो जसले गर्दा ऊ समूह ‘ई’ बाट बाहिरिने खतरामा रहेको छ ।

बुधबार अल थुमामा स्टेडियममा स्पेनले कोस्टारिकालाई ७–० को विशाल अन्तरले हराएको थियो । स्पेनले सन् २००६ पछि पहिलोपटक विश्वकपमा आफ्नो पहिलो खेल जित्न सफल भएको हो । स्पेनले खेल उक्त खेलमा ८१।९ प्रतिशत बल नियन्त्रणमा लिएको थियो जसले गर्दा कोस्टारिकाले स्पेनको पोस्टमा एउटा मात्र प्रहार गर्न सकेको थियो ।

तर प्रश्न छ, के स्पेनले जर्मनीविरुद्ध सोही स्तरको खेल प्रदर्शन गर्न सक्छ रु पछिल्लोपटक दुई टोली यूईएफए नेसन्स लिगमा भिडेका थिए । उक्त खेलमा स्पेन ६–० गोलले विजयी भएको थियो । यता विश्वकपमा भने स्पेनको पछिल्लो रेकर्ड राम्रो छैन । सन् २०१० मा विश्वविजेता बने यता स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने सन् २०१८ मा आयोजक रुससँग अन्तिम १६ मा पेनाल्टीमा पराजित हुँदै चाँडै घर फर्किएको थियो ।

आज जर्मनीविरुद्धको खेलमा जीत हासिल गरे, जापानविरुद्धको अन्तिम खेलअघि नै टोलीले नकआउट चरणमा आफ्नो स्थान पक्का गर्नेछ । त्यस्तै, स्पेनले यो विश्वकपमा सशक्त दाबेदारको रूपमा आफूलाई उभ्याउन सक्नेछ । उता, रुसमा आयोजना भएको विश्वकपमा समूह चरणबाटै लज्जास्पद रुपमा बाहिरिएको जर्मनी त्यही इतिहास दोहोर्‍याउने खतरामा रहेको छ । बुधबार जर्मनी जापानसँग १–२ गोलले स्तब्ध बन्यो । 

फिफाको विश्व वरियतामा १० औँ स्थानमा रहेको छ । तर, टोलीले पछिल्ला ९ अन्तर्राष्ट्रिय खेलमध्ये २ वटामा मात्र जीत हासिल गर्न सकेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लीकले टोली दबाबमा रहेको स्वीकार गरेका छन् । कीर्तिमान बराबरी गर्ने पाँचौँ विश्वकप जित्ने सम्भावना जर्मनीका लागि यतिबेला निकै टाढाको सपनाजस्तो देखिएको छ । 

जर्मनीको आजको लक्ष्य भनेको स्पेनसँगको हार टार्नु नै हुनेछ । यदि जापानले कोस्टारिकासँगको हार टार्‍यो भने अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न जर्मनीले स्पेनलाई हराउनु नै पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप