सेल्सबेरीको ‘विश्वकप प्रेडिक्ट एण्ड विन’ क्याम्पेन
आइतबार, ११ मंसिर २०७९, १० : ५७

सेल्सबेरीले विश्वकप २०२२ लाई लक्षित गरेर आकर्षक ‘विश्व कप मेनिया २०२२ क्याम्पेन’ सुरू गरेको छ । यस क्याम्पेन अन्तर्गत सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरूमा ‘सेल्सबेरी प्रेडिक्ट एण्ड विन’ सुरू गरेको हो ।
प्रेडिक्ट एण्ड विन अन्तर्गत १ हजारभन्दा बढी सपिङ गर्ने ग्राहकहरूले ‘हु विल विन वल्र्डकप २०२२’को उत्तर लेख्नुपर्ने बताइएको छ । र, यसको सही उत्तर मिलाउनेमध्ये एक जनाले एमआई ६५ इन्च एलईडी टेलिभिजन जित्ने बताइएको छ ।
यो अफर सेल्सबेरीका शाखाहरूमा लागू हुने बताइएको छ । साथै, सातडोबाटो, सितापाइला र चिप्लेढुंगा शाखामा किक एण्ड विन नामका क्याम्पेन पनि चलिरहेको बताइएको छ । किक एण्ड विन क्याम्पेन अन्तर्गत ५ हजारभन्दा बढीको सामान खरिद गर्ने ग्राहकहरूले गोल पोस्टमा गोल गरि आकर्षक सामान प्राप्त गर्नेछन् ।
यो क्याम्पेन विश्वकपको अन्तिम दिनसम्म लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थलिँदै राजस्व अनुसन्धान विभाग
-
दबाबमा प्रधानमन्त्री
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन