शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादीका ८ महिलामा रेखा शर्मा मात्रै निर्वाचित

आइतबार, ११ मङ्सिर २०७९, ११ : ४९
आइतबार, ११ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित भएकी छन् । एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै १९६ मत अन्तरले शर्मा निर्वाचित भएकी हुन् । शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी भइन भने पोखरेलले २६ हजार ६८१ मत ल्याएर पराजित भएका छन् । शर्मा माओवादीबाट एक मात्र महिला निर्वाचित भएर रेकर्ड राखेकी छन् । २०७० र २०७४ सालमा समानुपातिक सांसद भएकी थिइन भने एक पटक संघीय सरकारकी मन्त्री भएकी छन् । 

माओवादीकी उपमहासचिव पम्फा भुसाल ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीसँग पराजित भएकी छन् । संघीय सरकारकी उर्जा मन्त्रीको जिम्मेवारीमा रहेकी भुसाल कार्कीसँगको प्रतिस्पर्धामा तेस्रो भई पराजित भएकी हुन् । माओवादी हाइप्रोफाइल नेता भुसालको कार्कीसँग लज्जास्पद हार भएको छ । निर्वाचित कार्कीले ३१ हजार १३६ मत ल्याएर विजयी भएकी छिन् भने भुसालले ८ हजार ७६९ मत ल्याएर तेस्रो भएकी छन् । एमालेका अमृत खड्का १२ हजार ९६३ मत ल्याएर दोस्रो भएका छन् । भुसाल २०६४ साल र २०७४ सालमा प्रत्यक्ष निर्वाचित सांसद हुन । उनी यो कार्यकालसहित चार पटक मन्त्री भइसकेकी छन् ।

यस्तै पोलिटब्युरो सदस्य बीना मगर कञ्चनपुर १ बाट पराजित भएकी छन् । एमालेका तारा लामासँग मगर ५ हजार ५४६ फराकिलो मत अन्तरले पराजित भएकी हुन् । लामाले २४ हजार ८९२ मत ल्याएर विजयी भए भने मगर १९ हजार ३४६ मत ल्याएर पराजित भएकी छन् । उनी २०७० र २०७४ सालमा प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री भएकी थिइन् । यस्तै जुम्लाबाट गोमा कुँवर गौतम राप्रपाका ज्ञानबहादुर शाहीसँग १० हजार ८६० को फराकिलो मत अन्तरले पराजित भएकी छन् । शाहीले २२ हजार ८६० मत ल्याएर विजयी भए भने कुँवर ११ हजार ९५९ मत ल्याएर पराजित भएकी हुन् । पहिलोपटक प्रत्यक्षमा प्रतिस्पर्धा गरेकी गौतमको लज्जास्पद हार भएको छ । 

यस्तै काठमाडौं २ बाट ओन्सरी घर्ती राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएकी छन् । गौतमसँग घर्ती चौथोमा पुगेर पराजित भएकी छन् । गौतमले १५ हजार २२९ मत ल्याएर निर्वाचित भइन् भने घर्तीले ९ हजार ४४९ मत ल्याएर चौथोमा स्थानमा पुगेर पराजित भएकी छन् । दोस्रो ल्याउने एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत  र दोस्रो हुने कुन्तीदेवी पोखरेल उपाध्यायले ११ हजार १४ मत ल्याएर तेस्रो भएकी छन् ।

घर्ती २ पटक सांसद एक मन्त्री र सभामुख भएपनि पराजित भएकी छन् । यस्तै काठमाडौं ७ बाट उम्मेदवार भएकी अस्मिता सिंह मानुषीयमी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भएकी छन् । पराजुलीसँगको प्रतिस्पर्धामा मानुषी २ हजार ६८० फराकिलो मत अन्तरले पराजित भएकी हुन् । पराजुलीले ८ हजार ७४३ मत ल्याएर निर्वाचित भएका छन् भने मानुषी ६ हजार ६३ मत ल्याएर तेस्रो भइ पराजित भएकी छन् । एमालेका श्यामकुमार घिमिरेले  ६ हजार ८ सय मत ल्याएर दोस्रो भएकी छन् । मानुषी पहिलोपटक चुनावी मैदानमा भएपनि पराजित हुनुपरेको छ । 

यस्तै काठमाडौं ९ बाट उम्मेदवार भएकी कल्पना धमला एमालेका कृष्णगोपाल श्रेष्ठसँग पराजित भएकी छन् । श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर निर्वाचित भएका छन् भने धमला ६ हजार ४०२ मत ल्याएर तेस्रो पुगेर पराजित भएकी हुन । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १० हजार ९६१ मत ल्याएर दोस्रो भई पराजित भएका छन् । धमला एकपटक सांसद र मन्त्री भइसकेकी हुन् ।

यस्तै काठमाडौं १० बाट अन्जना विशंखे कांग्रेसका राजन केसीसँग पराजित भएकी छन् । केसी १४ हजार ४४८ मत ल्याएर विजयी भए भने विशंखे ४ हजार २६० मत ल्याएर पाँचौ स्थानमा पुगेर पराजित भएकी हुन् । उनी एकपटक मात्रै समानुपातिक सांसद भएकी थिइन् । दोस्रो भइ पराजित भएका एमालेका हिमेश केसीले ११ हजार ७८६ मत, तेस्रो भई पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ७ हजार ३४७ मत र चौथो भई पराजित भएको राप्रपाका बलराम थापाले ६ हजार २७७ मत ल्याएर पराजित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप