बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै

आइतबार, ११ मङ्सिर २०७९, १२ : ४१
आइतबार, ११ मङ्सिर २०७९

शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ ।  कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि आरेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुनसक्ने थियो । 

खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट गोल गर्दै अर्जेन्टिनाका लागि गोल गरेका थिए भने एन्जो फर्नान्डिजले दोस्रो गोलथपेका थिए । 

मेसीले विश्वकप खेलको पहिलो खेलमा भएको हारले कठिन भएको बताउँदै भने, “पहिलो खेलमा हामीलाई घाटा भयो । हामीलाई थाहा थियो कि हामीले आज जित्नै पर्छ, हाम्रो लागि अब बल्ल विश्वकप सुरु हुँदैछ ।” मेक्सिकोले राम्रो खेलेको कारण गोल गर्न निकै कठिन भएको उनको भनाइ थियो । 

मेस्सीले गरेको गोलले उनले अर्जेन्टिनाका लागि विश्वकपमा आठ गोल र २१ खेलमा उपस्थिति जनाउँदै स्वर्गीय डिएगो म्याराडोनालाई बराबरी गरेका छन् ।  अर्जेन्टिनाले म्याराडोनाको मृत्युको दोस्रो वार्षिकी मनाएको एक दिनपछि यो जीत निकालेको हो । 

सात पटकका बालोन डी’ओर विजेता मेसीबाहेक सबैका लागि यो अवसर प्राप्त भएको जस्तो देखिने खराब र तनावपूर्ण भिडन्तमा यी गोलहरू गुणस्तरका दुई दुर्लभ क्षणहरू थिए । तर अर्जेन्टिनाले नकआउट चरणमा स्थान पक्का गर्न अझै पनि समूह चरणको अन्तिम खेल पोल्याण्डविरुद्ध जित्नैपर्ने हुन्छ ।

मेसीले भने, “हामी अहिले छोड्न सक्दैनौं । अब हरेक खेल फाइनल हो, हामी कुनै गल्ती नगरिकन खेल्नेछौँ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप