‘डेसान’ ट्रेलर : भोला, नम्रता र पुनमको लुकामारी
सामाजिक विषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर २३ गतेबाट प्रदर्शन हुने फिल्मको ट्रेलरमा नारी संवेदना, पारिवारिक प्रेम, धोकाले प्राथमिकता पाएको छ । कमल एक्चै मगर निर्देशित फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगर लगायतको अभिनय छ ।
फिल्मको कथा हरेक परिवारसँग मिल्ने भएपनि प्रस्तुति फरक भएकोले दर्शकका लागि नौलो स्वाद हुने निर्देशक मगर बताए अभिनेत्री नम्रता र अभिनेता भोला सापकोटाले ‘डेसान’ हरेक परिवार तथा समाजको कथा भएकाले सबैले हेर्नुपर्ने दावी गर्ने गरेका छन् । यसै फिल्मबाट ठूलो पर्दामा प्रस्तुत भएका नवअभिनेता निशान र अभिनेत्री पुनम पनि दर्शकको माया पाउनेमा विश्वस्त छन् ।
पर्फमिङ आर्ट कृयसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको वितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
-
एमाले नेताहरुको जिम्मेवारी हेरफेर : २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, सरकार ढल्यो
-
माओवादी केन्द्रीय समिति बैठकका तीन एजेण्डा
-
नागरिक उन्मुक्तिका सांसदले भने–सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा