कोभिडले सार्क क्षेत्रमा रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल

दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ–आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा गम्भीर छलफल गरेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा यस्तो छलफल गरिएको हो ।
बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ विषयमा आयोजित कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रमलाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौतीहरू देखापरेको बताए । सभापति संघाईले यी चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक भएकोमा जोड दिए । यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेकोमा संघाईको जोड थियो ।
दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिले पनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्यमहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताए ।
‘भौगोलिक रूपमा हामी दक्षिण एसियाली देशहरू एकअर्कासँग नजिक छौं, अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्रहरू छन्, दक्षिण एसियाली रोजगारदाता मञ्च (साफी) तीमध्ये एक हो, साफीलाई हाम्रो पारस्परिक हित र सहयोगको लागि अझ प्रभावकारी रुपमा परिचालन गर्नेतर्फ हाम्रो साझा प्रयास आवश्यक छ,’ साफी अध्यक्ष समेत रहेका संघाईले भने ।
कार्यक्रममा आइएलओका नेपाल निर्देशक डा. रिचार्ड हवार्ड, आइएलओ दिल्लीका वरिष्ठ विशेषज्ञ रवि पेरिस, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, आइएलओ काठमाडौं र दिल्ली अफिसका वरिष्ठ विज्ञहरू, सार्कटुकका महासचिव लक्ष्मण बस्नेत पनि सो कार्यक्रमा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार
-
खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी
-
काठमाडौंका मेयर र गभर्नर अधिकारीबीच भेटवार्ता
-
राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसको रणनीति : 'कम्फर्टेबल'मा पौडेल, 'रिस्क'मा सिटौला !
-
बैतडीमा जिप दुर्घटना