शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसरी–४ मा पुनः मतगणना गर्न कांग्रेसको माग

आइतबार, ११ मङ्सिर २०७९, १४ : १९
आइतबार, ११ मङ्सिर २०७९

सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

हिजो मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपरान्ह सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो । 

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राखेका छन् ।

उनले आयोगकै मिलेमतोमा मत हिनामिना भएको सूचना आफूले पाएको बताए । आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनः मतगणना गर्नुपर्ने माग दोहोर्याएपछि अहिलेसम्म गणना स्थगित छ । 

उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गरेको छ भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाएका छन् । कार्की कुसियतभन्दा ९८ मत अगाडि रहेका छन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप