बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कासाले सगरमाथामा तेस्रो पटक ‘द एभरेष्ट शो’ गर्ने

आइतबार, ११ मङ्सिर २०७९, १४ : २७
आइतबार, ११ मङ्सिर २०७९

कपडाको लोकप्रिय नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ । आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले उक्त घोषणा गरेका हुन् । 
उसो त यसअघि नै ‘कासा’ले पहिलोपटक कालापत्थरमा र दोस्रो पटक सगरमाथाको ५५०० मिटर उचाईमा ‘गोक्यो’ मा फेशन शो आयोजना गरी विश्व रेकर्ड बनाएको छ । ‘द एभरेष्ट शो’ मार्फत तेस्रो विश्व रेकर्ड बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको गुप्ताले जानकारी दिए ।  

वार्षिकोत्सवकै अवसरमा ‘कासा’ ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना गरेको छ । वार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरिएको कासाले जनाएको छ । रेड कार्पेट इभेन्ट नेपालमा पहिलो पटक आयोजना भएको सञ्चालक गुप्ताले बताए ।  

कार्यक्रममा महत्वपूर्ण व्यक्तित्वहरु बीबीसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिकालगायतका कलाकार, फेसन डिजाइनर, मेकअप आर्टिष्टसहित चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कासाकी सञ्चालिका रमिला नेमकुल भनिन्, ‘यो रेड कार्पेट इन्भेट हामीले नेपालमा पहिलो पटक आयोजना गरेका हौं । फेसन ग्लामर मात्रै होइन् यो विजनेश पनि हो । फेसन उद्योग विश्वकै दोस्रो ठूलो उद्योग हो । तर नेपालमा यस उद्योगको खासै विकास हुन नसकेको अवस्थामा हामीले ‘काठमाडौं फ्यासन गाला’ आयोजना गरेका हौं । यस किसिमको कार्यक्रमले फेसन डिजाइनिङ क्षेत्र र यससँग सम्वन्धी अन्य क्षेत्रका सबै व्यक्तिहरुलाई एकआपसमा भेटघाट र चिनजान गर्ने अवसर पनि प्रदान गर्छ,’ उनले भनिन् ।

रेड कार्पेट इभेन्टमा १४ जना सेलिब्रेटी तथा मिस नेपाल वल्र्ड, डाक्टर, मिस युनिभर्स नेपाललगायतका पर्सनालिटिले ‘वाक’ गरेका थिए । कार्यक्रमको प्रायोजकमा दराज र बावर्ची रहेका छन् । चार बर्षअघि स्थापना भएको कासा ब्राण्ड विश्वका थुप्रै मुलुकमा निर्यात हुँदै आएको छ । ‘कासा’को मुख्य शाखा पाटनढोकामा रहेको छ भने नयाँ आउटलेट दरबारमार्ग र गैरीधारामा पनि सञ्चालनमा छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप