बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ : विमलेन्द्र निधि

आइतबार, ११ मङ्सिर २०७९, १४ : ३८
आइतबार, ११ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताए ।

शनिबार  निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए । निधि भन्छन् , ‘मसँग भेटघाट हुँदा उहाँ संसदीय दलको नेता बन्न इच्छुक हुनुहुन्छ । म उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने पक्षमा छु । मैले उहाँलाई समर्थन गर्छु ।’ 

देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने निधिले बताए । ‘शेरबरहादुरजीलाई संसदीय दलको नेता बनाउने मेरो पनि ड्युटी हो । उहाँ बाहेक अरूलाई समर्थन गर्न सक्दिनँ,’ उनले भने, ‘मैले शेरबहादुरजीलाई नै समर्थन गर्ने हो । उहाँ इच्छा देखे मैले । मैले सहयोग गर्छु भनेँ ।’

गठबन्धनको नेतृत्व गरिरहेकोले संसदीय दलको नेता देउवा नै हुनुपर्ने निधिको भनाइ छ । ‘नेपाली कांग्रेसबाट जितेका उम्मेदवारमा शेरबहादुरजीकै बहुमत छ । संसदीय दलको नेताको चुनावै भयो भने शेरबहादुरजीकै बहुमत छ । उहाँ इच्छुक हुँदासम्म संसदीय दलको नेता उहाँ नै हो ।’ 

निधिका अनुसार देउवाले रामचन्द्र पौडेललाई समर्थन नगरेर संसदीय दलको नेता बन्न सक्ने अवस्था छैन । ‘शेरबहादुर देउवाजीले समर्थन नगरेर कोही पनि संसदीय दलको नेता बन्ने अवस्था छैन । रामचन्द्रजी पनि संसदीय दलको नेता बन्नका लागि उहाँले समर्थन गर्नुपर्छ,’ निधिले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप