खानाको बीचमा धेरै अन्तरले मृत्युको जोखिम बढ्ने
बढ्दो तौलले आजकाल धेरैलाई तनाव दिइरहेको हुन्छ । तौल नियन्त्रण गर्ने प्रयास स्वरुप मानिसले विभिन्न तरिका पनि अपनाउँछन् । यी तरिकामध्ये इन्टरमिटेन्ट फास्टिङ पनि एक हो । यो फास्टिङ विभिन्न आजकाल धेरैबीच लोकप्रिय छ । यो तरिका धेरैले अपनाउने गर्छन् पनि । यसमा खानाको बीचमा धेरै समयको ग्याप राख्ने गरिन्छ । तर यो तरिका कतिका लागि भने घातक हुनसक्ने चेतावनी दिइएको छ । त्यसैले त स्वास्थ्य विज्ञले इन्टरमिटेन्ट फास्टिङ गर्दा डाइटिसियन वा स्वास्थ्यकर्मीको सल्लाह लिन सुझाव दिन्छन् ।
अमेरिकी अनुसन्धानकर्ताहरूले दिनमा ३ पटक खाना खानुको सट्टा एकैपटक धेरै खाना खाँदा मृत्युको जोखिम ३० प्रतिशतले बढ्ने बताएका छन् ।
यस अनुसन्धानमा ४० वर्षभन्दा माथिका करिब २४ हजार व्यक्तिलाई समावेश गरिएको थियो । १५ वर्षसम्म उनीहरुमाथि सर्वेक्षण गरिएको थियो । यो अनुसन्धान जर्नल अफ न्यूट्रिशन एन्ड डायबिटिजमा प्रकाशित भएको छ ।
युनिभर्सिटी अफ टेनेसीका शोधकर्ताहरूले यस्ता व्यक्तिहरूमा हृदय रोगको जोखिम पनि ८३ प्रतिशत बढेको पत्ता लगाएका छन् । बिहानको नास्ता नखाने मानिसमा ब्रेकफास्ट खानेहरूको तुलनामा मुटु रोगबाट मृत्यु हुने जोखिम ४० प्रतिशत बढेको थियो । जो व्यक्ति बिहानको वा बेलुकाको खाना खाँदैनथे, उनीहरुको मृत्यु हुने सम्भावना १२ देखि १६ प्रतिशत बढी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु