शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘महापुरुष’ ले १० करोड कमाएको खुसीमा काटियो केक

आइतबार, ११ मङ्सिर २०७९, १७ : १८
आइतबार, ११ मङ्सिर २०७९

कार्तिक ११ देखि प्रदर्शनमा आएको यो फिल्म ‘महापुरुष’ प्रदर्शनको पाँचौ हप्तामा छ । पाँचौ हप्तामा राम्रो व्यवसाय गरिरहेको फिल्मले अहिलेसम्म १० करोड ग्रस व्यवसाय गरिसकेको छ । फिल्मले १० करोड ग्रस व्यवसाय गरेको खुसीको निर्माण युनिटले सबैमाझ खुसी बाँडेको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सफलताको खुसीमा केक  काटेको हो । 

‘फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ । यो सबैको मायाको कारण सम्भव भएको हो’ निर्देशक भट्टराईले भने, ‘यो खुसी सबैमाझ सेयर गर्न कार्यक्रम राखिएको हो ।’ फिल्मको सफलताले आफूलाई अझै राम्रो काम गर्न उर्जा मिलेको उनले बताए ।

निर्माता रवीन्द्र सिंह बानियाँले दर्शकको माया पाउँदा फिल्ममा गरेको मिहिनेत सफल भएको जस्तो लागेको बताए । फिल्मले सामाजिक र पारिवारिक विषयवस्तु उठाएको कारण पनि सबैको माया पाउन सफल भएको बानियाँको धारण रहेको छ ।

स्वदेशको अलवा विदेशमा पनि रिलिज भएको फिल्मले सबैतिर राम्रो व्यवसाय गर्न सफल भएको छ  । फिल्मले अमेरिका, अष्ट्रेलियामा पनि राम्रो व्यवसाय गरेको निर्माण युनिटको दाबी छ । नेपालमा दर्शकबाट पाइरहेको राम्रो समीक्षाले विदेश प्रदर्शनलाई मद्दत पुगेको छ ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिका रहेको फिल्मले अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका बुबाको कथा बिषयबस्तुमा उठाएको छ ।

षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप