मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाका विवादित स्थलमा फेरि मतदान गर्न मिति तोक्दै आयोग

आइतबार, ११ मङ्सिर २०७९, १७ : ४७
आइतबार, ११ मङ्सिर २०७९

निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने मिति तोक्ने भएको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गर्न लागेको हो । दोलखामा आयोगले पठाएको छानविन टोलीको प्रतिवेदन आयोगमा आइपुगेकोले त्यसको अध्ययन गरेर पुनः मतदान गराउनुपर्ने अवस्था रहेमा त्यसबारे निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दिन दोलखाका केही मतदान केन्द्र विवादित बनेको थियो । बुथ कब्जा भएको भन्दै नेकपा एमालेले आयोगमा उजुरी गरेपछि आयोगले पठाएको जाँचबुझ टोलीले ६ वटा केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरेको आयोग स्रोतको भनाई छ । 

दोलखाका कालिन्चोक गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा ९० प्रतिशत मतदान भएको, वैत्यश्वर गाउँपालिका वडा नम्बर १ को कालीढुङ्गा मतदान केन्द्रमा ९० प्रतिशतमाथि मत खसेको, वैत्यश्वर ६ को मतदान केन्द्रमा मतपेटिका चोरिएको, मतपेटिकामा पानी परेको र मतपत्र छरिएको अवस्थामा रहेको पाइएको थियो ।

यता बाजुरा र स्याङ्जामा आयोगले पठाएको जाँचबुझ टोलीले भने प्रतिवेदन बुझाइसकेको छैन । निर्वाचनमा धाँधली भएको भन्दै ३ जिल्लाको मतगणना कार्य समेत स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप