निगमको न्यारोबडी जहाज ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताइन् । उनले भनिन्, “न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएको हो, इन्जिनमा समस्या हैन, प्राविधिक समस्यायुक्त जहाजको अहिले मर्मत भइरहेकाले छिट्टै उडानमा आउनेछ ।”
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० जहाज छन् । निगमले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको आश्वासन–प्रवासी नेपालको समस्या समाधान गर्न शक्तिशाली आयोग बनाउन सकारात्मक छु
-
गण्डकीका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ
-
..जब श्रीमतीले श्रीमानको हत्या गरी शव शौचालयको खाडलमा पुरिदिइन्
-
सरकारको नीति तथा कार्यक्रम आएपछि प्रदेश १ मा मन्त्रिपरिषद्ले पूर्णता पाउने
-
नेपाल्स सिनेमा फेस्ट : स्वीकृति बिना आफ्नो फोटो प्रयोग गरिएको भन्दै विजय लामाको आपत्ति
-
भारतमा विवाह समारोह भइरहेका बेला आगलागी, १४ जनाको मृत्यु