हुन्डाई नेपालले गर्यो टेस्ट ड्राइभका विजेताहरूको विदाई

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’का विजेताको घोषणा गरेको छ । विजेताले कम्पनीको तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन् ।
यसैगरी हिजो कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि विदाई गरेको थियो । हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपीलमार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको थियो ।
कार्यक्रम अवधिभर नेपाल भरका ड्राइभिङ लाइसेन्स भएका जोकोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए । र यसरी सहभागी भएका हजारौं ग्राहकहरूमध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन् ।
हिजै दुवैजना विजेताहरू आफूलाई मनपर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता
-
संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने गरिदिनेविरुद्ध मुद्दा
-
राजधानीमा ४० औं आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु
-
एशियामा चीनको प्रभाव रोक्न अमेरिकाले गर्यो सोलोमन टापुमा दूतावास स्थापना
-
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रालयमा भागबण्डा मिलाइयो
-
सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना