राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो समानुपातिकमा १० लाख मत
आइतबार, ११ मंसिर २०७९, १७ : ३९

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा १० लाख मत कटाएको छ । हालसम्म ८८ लाख ९४ हजार ४० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८ हजार २४० मत प्राप्त गरेको हो ।
यस्तै नेकपा एमालेले २४ लाख ४१ हजार मत पाउँदा कांग्रेसले २३ लाख १८ हजार मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १० लाख १६ हजार, राप्रपाले ५ लाख २७ हजार, जसपाले ३ लाख ३ हजार र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ३८ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार जनमत पार्टीले २ लाख ३७ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार, लोसपाले १ लाख २२ हजार, नेमकिपाले ७२ हजार र हाम्रो नेपाली पार्टीले ५१ हजार मत पाएका छन् । अन्य पार्टीले भने ५० हजार मत कटाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी
-
अस्थायी प्रकृतिका शिक्षक नियुक्त गर्दा पैसा दिनुपर्ने विषयमा छानबिन गर्न निर्देशन
-
अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार
-
खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी
-
काठमाडौंका मेयर र गभर्नर अधिकारीबीच भेटवार्ता