सदरमुकाम मान्ममा खानेपानी अभाव

कालिकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् ।
खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरूपता नभएपछि खानेपानीको अभाव भएको स्थानीय धनबहादुर बटालाले बताए । उनले जनप्रतिनिधिहरूले नागरिकको समस्यामा ध्यान नपुर्याएको भन्दै आक्रोश व्यक्त गरे ।
“खानेपानीमा पनि पहुँचवालाको हालिमुहाली छ, सर्वसाधारणका धारामा पानी आउँदैन तर पहुँचवालाका धारामा भने चौबिसै घण्टा पानी आइरहेको हुन्छ”, बटालाले भने, “अहिलेसम्म सदरमुकाममा खानेपानीको अभाव हुँदा कसैको ध्यान गएको छैन ।”
अहिले खाँडाचक्र नगरपालिका–१ स्थित बजारमा पिउने पानी अभाव भएको समयमा पहुँचवालाले खानेपानीको ट्याङ्कीबाट सिधै पाइप जडान गरेर घरघरमा लगेका छन् । सर्वसाधारणको धारामा हप्तौँसम्म पनि पानी आएको छैन ।
खानेपानीले सबै उपभोक्तालाई एकैनासको धारा दिनुपर्नेमा माग गर्दै स्थानीयले विरोध जनाएका छन् । खानेपानी कार्यालयले ट्याङ्कीबाटै सिधै लाइन तानेर पहुँचवालाको घरघरमा धारा पु¥याएको स्थानीयले आरोप छ ।
“घरमा पानी आउन छाड्यो, धारा नजिक छैन, १ घण्टा हिँडेर पानी ल्याउन जानुपर्छ । त्यहाँ पनि भीड उत्तिकै हुन्छ, पालो नकुरी पानी पाइँदैन”, खाडाचक्र नगरपालिकामा होटल व्यवसाय गर्दै आउनुभएका चक्रबहादुर बमले गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु