केपी ओलीलाई भेट्न बालकोट पुगे प्रकाशमान
आइतबार, ११ मङ्सिर २०७९, १९ : ०२
काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार साँझ सिंह अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् ।
दुई नेताको भेटमा आपसमा चुनाव जितेकोमा बधाई साटासाट भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए । ‘बधाई साटासाट र चुनावी नतिजाबारे छलफल भयो, त्यसबाहेक सामान्य राजनीतिक कुराकानी पनि हुने नै भयो’,लामिछानेको भनाइ छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणाम आइरहेका क्रममा ओली र सिंहबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेका नेताहरूले कांग्रेससँगको सत्ता सहकार्यका लागि आफूहरू खुला रहेको बताइरहेका बेला कांग्रेका प्रभावशाली नेता सिंहले ओलीलाई भेटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ