श्रेष्ठ र सोनललाई १५१ किलोको माला

सत्ता गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र ४ का निर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र ४ (ख) का निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयहरूले १ सय ५१ किलोको मालाले सम्मान गरेका छन् ।
बाराको विश्रामपुर गाउँपालिका वडा नं ४ मा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले निर्वाचित संघीय सांसद श्रेष्ठ र प्रदेश सभा सदस्य सोनललाई सम्मान स्वरूप १५१ किलोको माला लगाइदिएका हुन् ।
मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट बारामा श्रेष्ठ र सोनल मात्रै निर्वाचित भएका छन् । बाराको ४ वटा संघीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका ठुला दल नेपाली कांग्रेस र माओवादी केन्द्र शून्यमा झरेको छ । सत्ता गठबन्धनको तर्फबाट निर्वाचित भएका श्रेष्ठ र सोनलले जनताको हरेक सुख दुखमा साथ दिने र बारा क्षेत्र नं ४ को विकासमा अहोरात्र खट्ने प्रतिबद्धता जनाएका छन् ।