शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारलाई ‘साइबर क्राइम’को मुद्दा चलाएकोमा फोनिजको आपत्ति

आइतबार, ११ मङ्सिर २०७९, १९ : ५४
आइतबार, ११ मङ्सिर २०७९

उदयपुर जिल्लामा रहेर पत्रकारिता गर्दै आएका गजेन्द्र राईलाई समाचार लेखेको विषयलाई लिएर नेपाल प्रहरीले पक्राउ गरी ‘साइबर क्राइम’को मुद्दा चलाएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आपत्ति जनाएको छ ।

समाचार र समाचारसँग जोडिएका विषयसँग सम्बन्ध राख्ने विषय हेर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरीले समाचार लेखेकै विषयमा पत्रकार राईलाई पक्राउ गरी सम्बन्ध नै नराख्ने ‘साइबर क्राइम’मा मुद्दा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको फोनिजको ठहर छ । 

यस कदमको घोर भर्त्सना गर्दै फोनिजले पत्रकार राईमाथिको मुद्दा नितान्त समाचार लेखेकै आधारमा भएको हुँदा सम्बन्ध नरहने ‘साइबर क्राइम’को मुद्दा अविलम्ब फिर्ता लिई प्रेस जगतको अनुगमन गर्न राज्यले स्थापना गरेको आधिकारिक निकाय प्रेस काउन्लि नेपालमार्फत निरुपणका लागि सरोकारवाला निकायसँग माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप