रुसले अब देशका महिलालाई विदेशीहरूको सरोगेट आमा बन्न प्रतिबन्ध लगाउने

रसियाले चाँडै विदेशीहरूले रुसी महिलाहरूलाई उनीहरूका लागि सरोगेट आमाको रूपमा करार गर्नबाट रोक लगाउने कानुन पारित गर्दैछ । रुसको संसद्को तल्लो सदनका सभामुख व्याचेस्लाभ भोलोदिनले आइतवार, देशको ‘मातृ दिवस’को अवसरमा उक्त घोषणा गरेका हुन् ।
रसियामा सशुल्क सरोगेसी कानुनी छ, तर यो अभ्यासलाई धार्मिक समूहहरूले बच्चा जन्माउने व्यापारिक स्वार्थ भन्दै आलोचना गर्दै आएका छन् । ‘विदेशीहरूलाई सरोगेसी सेवा प्रयोग गर्नबाट निषेध गरेर बच्चाहरूलाई बचाउन सबै कुरा गर्नुपर्छ ,’ भोलोदिनले टेलिग्राम एपमा भने ,‘हामी डिसेम्बरको सुरुमा यो निर्णय गर्नेछौँ ।’
सोही सन्देशमा उनले केही वर्षयता सरोगेट आमाबाट जन्मिएका करिब ४५ हजार शिशु विदेश लगिएको बताए । ‘बाल बेचबिखन अस्वीकार्य छ,’ उनले थपे ।
रुसी सांसदहरूले मेमा यस सम्बन्धी कानुनको पहिलो वाचनमा लगभग सर्वसम्मतिले विधेयक पारित गरेका थिए । यदि अन्तिम वा तेस्रो, पठनमा पनि कानुन पारित भयो भने, यसलाई संसद्को माथिल्लो सदनले समीक्षा गर्नेछ र राष्ट्रपति भ्लादिमिर पुटिनले कानुनमा हस्ताक्षर गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने गरिदिनेविरुद्ध मुद्दा
-
राजधानीमा ४० औं आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु
-
एशियामा चीनको प्रभाव रोक्न अमेरिकाले गर्यो सोलोमन टापुमा दूतावास स्थापना
-
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रालयमा भागबण्डा मिलाइयो
-
सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना
-
तालिबानद्वारा लाइभ टिभी प्रसारणमा डिग्री च्यात्ने प्राध्यापक पक्राउ