बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ : नेता सिटौला

आइतबार, ११ मङ्सिर २०७९, २० : ०३
आइतबार, ११ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए । “सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ”, उनले भने, “जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्छ ।”

मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले शासन सञ्चालनमा समेत नवीनता आउन जरुरी रहेको उनको भनाइ छ । “पुरानो राजनीतिक शैलीलाई अघि बढाएर लक्ष्यमा पुग्न सकिँदैन”, उनले भने, “यसतर्फ पनि सोच्ने बेला आएको छ ।”

निर्वाचनबाट कोही विजय, कोही पराजय भए पनि राजनीतिमा उन्नत संस्कार सिक्नुपर्ने भएकाले आफू राजनीतिमा सक्रिय रहने समेत उनले स्पष्ट पारे । उनले निर्वाचनको अन्तिम परिणामसँगै सत्ता गठबन्धनले आगामी पाँच वर्ष प्रतिगमनविरुद्ध मिलेर सरकार चलाउने र देशमा देखिएका समस्याको समाधान हुनेमा आफू विश्वस्त भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप