जसपा लुम्बिनी प्रदेश सदस्य पोखरेलले दिए राजीनामा

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य उज्ज्वल पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ (१)मा अपेक्षित नतिजा नआएकोले राजीनामा दिएको उनले बताए ।
पोखरेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत हुन् । तीन दलीय तालमेलको तर्फबाट जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही–३ (१)प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव पराजित भएका छन् । यादवलाई पराजित गर्दै पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार सन्तोष कुमार पाण्डेय विजयी भएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा भने पाँच दलीय गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा निर्वाचित भएका छन् । त्यस्तै रुपन्देही–३ (२) मा नेकपा एमालेका उम्मेदवार तुल्सी प्रसाद चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई पराजित गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?