बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको दाहसंस्कार

आइतबार, ११ मङ्सिर २०७९, २० : १७
आइतबार, ११ मङ्सिर २०७९

मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झडप हुँदा ज्यान गुमाएका युवकको दाहसंस्कार गरिएको छ । त्रिवेणीमा नगरपालिका वडा नम्बरे–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको मृत्यु भएको थियो । मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् । उनी वडा नम्बर–७ का स्थानीय हुन् ।

सहमति नहुँदा स्थानीयले युवकको शव उठाउन अस्वीकार गर्दै आएका थिए । स्थानीय प्रशासन र परिवारको बीचमा शव दाहसंस्कार गर्ने सहमतिपछि शव जिम्मा लगाएको बाजुराका डिएसपी चतुर्भुज ओझाले रातोपाटीलाई बताए ।​ पीडित परिवारसँग कस्तो सहमति भएको छ भन्नबारे डिएसपी ओझाले बताएनन् । उनले भने–‘क्षतिपूर्तिबारे मलाई जानकारी भएन ।’

मङ्सिर ४ मा राति कांग्रेसका कार्यकताहरुको कुटपिटका कारण ज्यान गुमाएका अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको शव अझै उठेको छैन । हत्यारालाई कारबाहीको माग गरेर एमालेका कार्यकर्ताहरूले बाजुरामा विरोधका कार्यक्रम गरिरहेका छन् । चेतनको शव अछाम स्थित अस्पतालमा छ । चेतनको हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको डिएसपी ओझाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप