बाजुरामा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको दाहसंस्कार

मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झडप हुँदा ज्यान गुमाएका युवकको दाहसंस्कार गरिएको छ । त्रिवेणीमा नगरपालिका वडा नम्बरे–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको मृत्यु भएको थियो । मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् । उनी वडा नम्बर–७ का स्थानीय हुन् ।
सहमति नहुँदा स्थानीयले युवकको शव उठाउन अस्वीकार गर्दै आएका थिए । स्थानीय प्रशासन र परिवारको बीचमा शव दाहसंस्कार गर्ने सहमतिपछि शव जिम्मा लगाएको बाजुराका डिएसपी चतुर्भुज ओझाले रातोपाटीलाई बताए । पीडित परिवारसँग कस्तो सहमति भएको छ भन्नबारे डिएसपी ओझाले बताएनन् । उनले भने–‘क्षतिपूर्तिबारे मलाई जानकारी भएन ।’
मङ्सिर ४ मा राति कांग्रेसका कार्यकताहरुको कुटपिटका कारण ज्यान गुमाएका अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको शव अझै उठेको छैन । हत्यारालाई कारबाहीको माग गरेर एमालेका कार्यकर्ताहरूले बाजुरामा विरोधका कार्यक्रम गरिरहेका छन् । चेतनको शव अछाम स्थित अस्पतालमा छ । चेतनको हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको डिएसपी ओझाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु