शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोस्रो वरीयताको बेल्जियम मोरक्कोसँग पराजित

आइतबार, ११ मङ्सिर २०७९, २० : ४५
आइतबार, ११ मङ्सिर २०७९

  विश्वकप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा मोरोक्कोले बेल्जियममाथि जित निकालेको छ । आइतबार भएको खेलमा मोरक्कोले फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई  २-० गोल अन्तरले हराएको हो । 

 मोरक्कोलाई जित दिलाउन अदेल हामिद साबारी र अबुखेलाले एक-एक गोल गरे । खेलको ७३ औं मिनेटमा साबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा अबुखेलाले गोल गर्दै मोरोक्कोको जीत सुनिश्चित गरे ।

जीतसँगै मोरक्को ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । ३ अंकसहित बेल्जियम दोस्रो स्थानमा छ । आज नै अर्को खेलमा क्रोएसिया र क्यानडा भिड्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप