भक्तपुरमा भ्यानसँग मोटरसाइकल ठोक्कियो, एक युवकको मृत्यु
आइतबार, ११ मंसिर २०७९, २२ : ११

मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चाँगुनारायण नगरपालिका–१ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका–७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड