भीषण पहिरोपछि इटालीमा आपतकाल घोषणा
आइतबार, ११ मंसिर २०७९, २२ : ३८

इटालीको सरकारले इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएपछि आइतबार आपत्काल घोषणा गरेको छ। माटो र भग्नावशेषको छालले शनिबार बिहान सबेरै देशको सानो शहर कासामिचियोला टर्मेमा एउटा घर र थुप्रै कारहरूलाई बगाएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
नागरिक सुरक्षा मन्त्री नेलो मुसुमेसीले जनाएअनुसार आपतकालीन मन्त्रिपरिषद बैठकको २० लाख युरो राहत कोषको घोषणा गर्दै आपतकालीन अवस्था घोषणा गरेको छ । दुईसय भन्दा बढी उद्धारकर्ताहरू अझै एक दर्जन बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा संलग्न छन् भने सयौं स्वयंसेवकहरू सडक सफा गर्न व्यस्त देखिन्छन् ।
इटालियन समाचार एजेन्सी एजीआईका अनुसार उद्धारकर्ताहरूले ३१ वर्षीया महिलाको शव फेला पारेका छन् । ४५ वर्षीय साल्भाटोर लोरिनीले पहिरोले त्रासदी ल्याएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड