पाकिस्तानका ६ वटा प्रहरी चौकीमा आक्रमणको धम्की
आइतबार, ११ मंसिर २०७९, २२ : ५२

मोस्ट वान्टेड अपराधीको हत्याको बदला लिनको लागि पाकिस्तानको राजनपुर जिल्लामा एक आतङ्कवादी समूहले छवटा प्रहरी चौकीमा आक्रमण गर्ने धम्की दिएको छ ।
यस हप्ताको सुरुमा अपराधीहरूले हिंसक झडपमा प्रहरी बल विरुद्ध रकेट लन्चर, मोर्टार र अन्य हतियारहरू प्रक्षेपण गरेका थिए । हालै भएको भिडन्तमा पाकिस्तानको डेरा गाजी खानका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) खुर्रम अली शाहका अनुसार पाकिस्तानका कुख्यात गिरोहका प्रमुख खुदा बुख्श लाउन्डलाई गोली हानाहानमा मारिएको थियो।
झडपमा पाँच प्रहरीसहित कम्तीमा १२ जना घाइते भएका थिए । सो झडपमा हतियारधारी आतङ्ककारीहरूले थुप्रै बुलेट प्रुफ गाडीहरू छोडेर भागेका थिए। यसबाहेक पञ्जाब प्रहरीले बलूच आतङ्कवादी समूहले दिएको कडा धम्कीको जवाफमा प्रहरी प्रतिकारका लागि तम्तयार रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड