क्रोएसियाको सहज जित, क्यानडा बाहिरियो

विश्वकप फुटबलको दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जित निकालेको हो । कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो । क्यानडाका लागि खेलको दोस्रो मिनेटमा अल्फोन्सो डाभिसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ३६ औं मिनेटमा आन्द्रेज रामारिकले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए । खेलको ४४ औं मिनेटमा मार्को लाभाजले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाए । खेलको ७० औं मिनेटमा कर्मारिचले गोल गर्दै क्रोएसियालाई ३–१ गेलको अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा लोभरो माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ गोलको जित दिलाए । जितसँगै क्रोएसियाले दुई खेलबाट ४ अंक जोडेको छ । क्रोएसिया समूह एफको शीर्ष स्थानमा छ । पराजित क्यानडा दुई खेलबाट अंक बिहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्काको पार्टी खारेज गरी पाँउ भनेर कसैले उजुरी गर्न पाउँदैन : प्रमुख आयुक्त थपलिया
-
मलेसियामा कार्यरत नेपाली श्रमिकलाई समान व्यवहार गर्न नेपालको आग्रह
-
सांसद अरुण चौधरी कारागार चलान
-
कांग्रेसले बोलायो विपक्षी मोर्चाको बैठक
-
फेरि सर्यो माओवादी बैठक
-
भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार