५० वर्षमाथिकै वर्चश्व

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ । १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन् । ३० भन्दा कम उमेर समूहका दुई जनामा छन् । अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य छिन् ।
उमेर समूहमा सबैभन्दा बढी ५० देखि ६० वर्षका ५९ जना निर्वाचित भइसकेका छन् । ५० भन्दा तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ । आइतबार साँझसम्म सार्वजनिक भएको १५६ क्षेत्रको परिणामअनुसार ३० वर्षभन्दा कम उमेर समूहका २ जना, ३० देखि ४० उमेर समूहका ६ जना र ४० देखि ५० वर्ष समूहका ३० जना निर्वाचित भएका छन् । यस्तै ५० देखि ६० उमेर समूहका ५९ जना निर्वाचित हुँदा ६० देखि ७० उमेर समूहबाट ४७ जना निर्वाचित भएका छन् । ७० वर्षभन्दा माथिका १२ जना छन् । जसमा तीन जना ८० वर्षमाथिका निर्वाचित सदस्य छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै
-
सडक कालोपत्र : समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र
-
सामूहिक अभिव्यक्ति : रोबोट र मानवको सहवास
-
पवन ओलीको नयाँ गीत 'डाली लपक्कै' सार्वजनिक
-
किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण
-
क्यानडा र अमेरिकाका धेरै राज्यमा शीतलहर, तापक्रम माइन्स १७ डिग्रीसम्म पुग्ने अनुमान