विश्व इतिहासमा आजः इस्ट टिमोर स्वतन्त्रदेखि मंगल ग्रहमा नासाको यान

आज सन् २०२२ को २८ नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटनाक्रम ः
गणतन्त्र दक्षिण ओसेटिया घोषणा
सन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफूलाई गणतन्त्र दक्षिण ओसेटिया घोषणा गरेको थियो । ओसेटियाको स्वतन्त्रतालाई जर्जियाले मान्यता नदिएपछि दक्षिण ओसेटियामा युद्ध भएको थियो । रसिया भेनेजुएलालगायात केही देशहरुले मात्र ओसेटियालाई सार्वभौम देशको मान्यता दिएका छन् ।
पूर्वी टिमोर स्वतन्त्रत
सन् १९७५ मा पूर्वी टिमोर स्वतन्त्र भएको थियो । पूर्वी टिमोर लामाो समयदेखि पोर्चुगलको अधिनमा थियो ।
मंगल ग्रहमा नासाको यान
सन १९६४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा म्यारिनर ४ नामक यान पठाएको थियो । मंगल ग्रहबाट तस्बिर खिचेर पृथ्वीमा पठाउने पहिलो यान हो ।
तेहरानबारे सम्मेलन
सन् १९४३ मा अमेरिका, बेलायत, सोभियत युनियनबीच इरानको राजधानी तेहरानस्थित सोभियत दुतावासमा तेहरान सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले युरोप र एशियासँग कसरी कूटनीतिक कदम चाल्ने भन्ने बारेमा छलफल भएको थियो । सम्मेलनमा दोस्रो विश्वयुद्धको समयमा जर्मनविरुद्ध दोस्रो मोर्चा बनाउने बारेमा योजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाबाट सेवा प्रवेश गरेका बहालवाला कर्मचारीलाई उमेर हद नलगाउन अन्तरिम आदेश
-
बेँसीसहर–चामे सडक ४० प्रतिशत स्तरोन्नति
-
मझगाउँ विमानस्थलको पुनः निर्माण सुरु
-
क्रिकेटमा विवाद: दोषी को ? क्यान अध्यक्ष चन्द र खेल पत्रकार प्रकाश तिमल्सिनासँग वारपार
-
मौरीका घारले भरियो तोरीबारी
-
जरायो मारेको आरोपमा २ प्रदेशसभा सदस्यसहित ४९ जना विरुद्ध मुद्दा दर्ता