सुनसरी १ बाट जसपाका अशोक राई विजयी
सोमबार, १२ मंसिर २०७९, ०७ : ०९

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् ।
राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुँदा राप्रपाका अशोककुमार राईले सात हजार ८८४ पाए ।
एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत ल्याए । उनी ०४८ मा खोटाङ ३ र २०५१ मा खोटाङ २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
२०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित भएका उनी ०७४ मा पराजित भए । एमालेको समर्थनमा राई २३ वर्षपछि प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभामा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
साना र टुक्रे आयोजनामा खर्च नगर्ने बागमती प्रदेशको तयारी
-
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा ढुङ्गेल
-
कर्णाली प्रदेश सभाका पाँचौँ स्थापना दिवस : कर्णाली समृद्धिको अभियानमा एकजुट हुनुपर्ने सन्देश
-
गैरआवासीय नेपाली संघले बुझायो पेरिसस्थित दूतावासमा ज्ञापनपत्र
-
पेस्तोल र गोलीसहित मिटर ब्याजी पक्राउ