शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि रिसोर्टमा आजै प्रेमीका करिस्मासँग लगनगाँठो कस्दै सलोन

सोमबार, १२ मङ्सिर २०७९, ०८ : २६
सोमबार, १२ मङ्सिर २०७९

अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिदैछन् । तीन बर्षदेखिको प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेका हुन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ ।

महिला समूहको नौमती बाजासहित जन्ती लिएर उनी बेहुली लिन रिसोर्ट पुग्दैछन् । जन्तीमा उनका पारिवारिक सदस्य, आफन्त र साथीभाइका फिल्मकर्मी सहभागी हुँदै छन् । आकर्षक पहिरनमा सजिएर उनी डोलीमा रिसोर्टमा पुग्नेछन् ।

बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो । समारोहमा कलाकार तथा उनका आफन्तको उपस्थिति रहेको थियो । सलोनको विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप