माओवादीका ललितपुर संयोजक र सचिवले दिए राजीनामा
सोमबार, १२ मंसिर २०७९, ०९ : ०४
१

माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुरका प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले नैतिकताका आधारमा पलबाट राजीनामा दिएका हुन् ।
उनीहरूले पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको बुझिएको छ । ललितपुर ३ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित भएकी थिइन् भने ललितपुर २ प्रदेशभा (१) मा हरि दाहाल ३ (१) मा राजकाजी महर्जन पराजित भएका थिए ।
कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन हुँदा पनि उनीहरू पराजित भएका थिए । भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग पराजित हुँदा दाहाल र महर्जनलाई एमाले उम्मेदवारले हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल
-
हवाई भाडा कम गर्न परिसंघको माग
-
भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने