नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सोमबार दुई नेपाली नाटक

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ । चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ । त्यस्तै नेपालका दुई नाटकको मञ्चन र कार्यशाला महोत्सवमा तय छ ।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रूपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौँले छेकेको नेपाली रङ्गमञ्चको दुःख मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिस्कसन हुँदैछ । साँझ ७ः३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन् ।
दुई नेपाली नाटक
सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ मञ्चन हुँदैछ । साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ ।
‘खुवालुङ’ जसले किराँती सभ्यताको इतिहासको रूपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथा बारे बताउँछ । नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा, सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ ।
त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन् । रङ्गमञ्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरु आउन थाल्नेछन् । यी प्रश्नहरुसँगै दर्शकहरूले आफ्नो अनुभवको आधारमा आफूभित्रको विचारहरूलाई फर्केर हेर्ने र त्यसबारे एकदमै स–साना विवरणहरु याद गर्ने प्रयास यस नाटकले गराउनेछ ।
विशेष कार्यशाला
सोमबार २ बजेदेखि एक विशेष कार्यशाला पनि हुँदैछ । ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला हुन लागेको हो । रङ्गमञ्चलाई अझै समावेशी बनाउनका लागि यस कार्यशाला विशेष रहनेछ । त्यस्तै ‘कार्डबोर्ड र रङ्गमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस् : सांसद अनिशा नेपाली
-
अनेरास्ववियुले गर्यो जनक शिक्षा घेराउ
-
संसदमा गगन थापा : कुखुरा पालक किसानले कुनै अप्रिय निर्णय गरे सरकारले आँसु बगाउने हो ?
-
यस्ता छन् क्यानको बोर्ड बैठकले गरेका १७ निर्णयहरु
-
सभामुखमा मेरो निष्पक्ष भूमिका रहन्छ : तुलाराम घर्तीमगर
-
सांसद एकनाथ ढकालले सोधे– ‘माओवादीसँगको शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ ?’