एमालेको नेतृत्वमा सरकार बनाउने पहल गर्छौँ: पौडेल

रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्ने बताएका छन् । सोमबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यो निर्वाचनमा कसैको पनि बहुमत नआउनु दुर्भाग्य रहेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘नेकपा एमालेले बहुमत ल्याउने गरी चुनावमा होमिएको थियो तर सकिएन । हामीले नल्याए पनि अरू कसैले बहुमत ल्याउनुपर्थ्यो, सकेनन् । यो मुलुकको लागि दुभाग्यपूर्ण हे । तर पनि एमालेको नेतृत्वमा सरकार बनाउन हाम्रो प्रयास रहने छ ।’ के को सँग मिलेर सरकार बनाउने भन्नेबारे भने उनले प्रष्ट खुलाएनन् । कसैको पनि बहुमत नआउँदा मुलुकमा राजनीतिक अस्थिरता पैदा हुने उनले बताए । अग्रगामी एजेन्डासहित सरकार बनाउने कोसिस एमालेले गर्ने उनले उल्लेख गरे ।
रुपन्देही २ बाट नवनिर्वाचित पौडेलले आम मतदातालाई धन्यवाद पनि दिए । नेकपा एमालेलाई पराजित गरेर संसद्मा कमजोर बनाउन चाहने शक्तिहरूले एमालेका कयौँ संसद्मा आउनै पर्ने नेताहरूलाई हराएको उनले टिप्पणी गरे । हार बेहोरेका नेताहरूले संसद् बाहिरबाटै पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । नेकपा एमालेले मुलुकको समृद्धिको लागि मुख्य पहलकदमी लिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल
-
हवाई भाडा कम गर्न परिसंघको माग
-
भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने