शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुणस्तर सुधार नगरी इम्बोस्ड नम्बर प्लेटलाई फेरि बाध्यकारी बनाउने तयारी

फागुनभित्रै सरकारी सवारीसाधनले इम्बोस्ड नम्बर लिइसक्नुपर्ने
सोमबार, १२ मङ्सिर २०७९, १० : ४२
सोमबार, १२ मङ्सिर २०७९

यातायात व्यवस्था विभागले फेरि एकपटक इम्बोस्ड नम्बर प्लेटको जडानलाई जबरजस्ती कार्यान्वयनमा लैजाने तयारी गरेको छ । विभागले जारी गरेको मङ्सिर ८ गतेको सूचनामा २०७९ कात्तिक २८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको निर्णय अनुसार फागुन महिनाभित्र सरकारी, संस्थान लगायतका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्यरुपमा जडान गर्नुपर्ने व्यहोरा उल्लेख गरेको हो ।

मन्त्रालयले दिएको निर्देशनात्मक आदेशपछि विभागले सबै सरकारी कार्यालय र मन्त्रालयहरूमा कार्यान्वयनका लागि र फागुनभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न आग्रह गरेको छ । त्यति बेलासम्म पनि सरकारी सवारीसाधनहरूले इम्बोस्ड नम्बर प्लेट जडानमा चासो नदिए ती सवारीसाधनलाई कारबाही गरिने समेत विभागले बताएको छ । विभागले बाध्यकारी बनाएर इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी गरे पनि इम्बोस्ड नम्बर प्लेटका कतिपय विवाद भने अझै समाधान भएका छैनन् ।

यातायात व्यवस्था कार्यालय गुर्जुधारामा मोटरसाइकलको इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ भने यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय एकान्तकुना आदिमा साना तथा ठुला सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ । तर इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि पहिले अनलाइनबाटै आवेदन दिनुपर्छ र नम्बर छपाई भई तयार भएको सन्देश आएपछि उक्त इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ ।

गत साउनमा अनिवार्य गर्दा विवाद आएपछि पछि हटेको थियो विभाग

यातायात व्यवस्था विभागले गत वर्षको जेठमा एउटा सूचना निकालेर साउन १ गतेदेखि इम्बोस्ड नम्बर जडान नभएको सवारीसाधन सडकमा गुड्न नपाउने भन्दै तत्कालै इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको थियो । त्यसपछि यातायात व्यवस्था कार्यालयहरूमा लामो लाइन लागेर ग्राहकले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कोसिस गरेका थिए । तर एउटा इम्बोस्ड नम्बर प्लेट जडानका लागि कम्तीमा दुई दिन यातायात कार्यालयहरूमा समय बिताउनु पर्ने भएपछि सेवाग्राहीको आक्रोश बढ्यो र विभागको निर्देशनका सम्बन्धमा विभिन्न टीकाटिप्पणी भए ।

इम्बोस्ड नम्बर प्लेटको गुणस्तर नभएको, आरएफआइडी गेट लगायतका पूर्वाधार नबनाएको, इम्बोस्ड नम्बर प्लेट रिड गर्ने उपकरणको पर्याप्तता नरहेको लगायतका विषय उठेपछि विभागले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । त्यसपछि शान्त बनेको विभागले मन्त्रालयको नीतिगत निर्णयको हवाला दिँदै पुनः सार्वजनिक सूचना जारी गरेर फागुन मसान्तभित्रै सबै सरकारी तथा संस्थानका सवारीसाधनलाई पहिलो चरणमा अनिवार्य गराएको छ ।

सरकारले पाँच वर्ष पहिले नै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने घोषणा गरेको भए पनि सर्वोच्च अदालतमा इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाको सम्बन्धमा मुद्दा परेपछि करिब ३ वर्ष रोकिएको थियो । गत वर्ष सर्वोच्च अदालतबाट अङ्ग्रेजी भाषामै इम्बोस्ड नम्बर प्लेट छपाई गर्न पाउने फैसला भएपछि काम सुरु भए पनि सेवाग्राहीले त्यसमा कुनै इच्छा देखाएका थिएनन् ।

इम्बोस्ड नम्बर प्लेटमा विभिन्न सेक्युरिटी फिचर रहेको भनिएपनि त्यो फिचर कार्यान्वयनमा आउनका लागि चाहिने आरएफआइडी गेट तयार नभएको, इम्बोस्ड नम्बर प्लेट गुणस्तरीय नभएको र बारम्बार भाँचिने, फुट्ने फुत्किने लगायतको समस्या रहेको भन्दै सेवाग्राहीले जडानमा अनिच्छा देखाएका थिए । यद्यपि विभागले बाध्यकारी बनाएर जडान गर्नै लगाउने तयारी भने गरेको थियो ।

तर सरकारले ६ वर्षअघि २५ लाख थान सवारीसाधनमा ५ वर्षभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भनेर गरेको ठेक्काको सम्झौताको पहिलो समय सकिइसकेको छ । अदालतमा मुद्दा परेपछि निरूपण गर्न लागेको समय तीन वर्षलाई आधार मानी सम्झौताको अवधि तीन वर्ष थप गरी सोही समयभित्रै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विभागको तयारी छ । तर सेवाग्राहीको असन्तुष्टिका बीच त्यो त्यति सहजरुपमा सम्भव हुने अवस्था भने छैन ।



इम्बोस्ड नम्बर प्लेट

विभाग भन्छ, साउनदेखि सबैलाई लागू गर्छौँ

सेवाग्राहीको असन्तुष्टिका बीच पनि यातायात व्यवस्था विभाग भने आगामी आर्थिक वर्षदेखि निजी सवारीसाधनमा पनि अनिवार्य गर्ने तयारीमा लागेको छ । पहिले सरकारी र संस्थानका सवारीसाधनमा नम्बर प्लेट जडान गरिसकेपछि निजी सवारीसाधन पनि बाध्य बन्ने भन्दै त्यसका लागि पहिले सरकारी सवारीसाधनमा सक्नै पर्ने बाध्यतामा आफूहरू रहेको विभागका महानिर्देशक डा. टोकराज पाण्डेयले बताए । पाण्डेयले रातोपाटीसँग भने, ‘पहिले त सरकारी र संस्थानकै सवारीसाधनमा अनिवार्य गर्नुपर्‍यो । सरकारले आफ्नैमा इम्बोस्ड नम्बर जडान नगरी निजी सवारीसाधनलाई बाध्यकारी बनाउनु उचित पनि देखिएन । त्यसकारण पहिलो चरणमा फागुनभित्र सबै सरकारी र संस्थानका सवारीसाधनलाई अनिवार्य गर्ने भनिएको हो ।’

महानिर्देशक पाण्डेयका अनुसार सरकारी र र संस्थाका सवारीसाधनमा जडान गरिसकेपछि निजी सवारीसाधनमा पनि बाध्यकारी बनाएर इम्बोस्ड जडान गर्न लागिएको छ । चैत महिनादेखि निजी सवारीसाधनलाई बाध्य बनाउने गरी काम गर्ने उनको भनाई छ । पाण्डेयले भने, ‘हामी नयाँ आर्थिक वर्षदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गरिसक्ने तयारीमा छौँ । त्यही अनुसारको काम भइरहेको छ ।’

गुणस्तरहीन उत्पादन तर महँगो शुल्क

इम्बोस्ड नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न नमिल्ने भनेर दाबी गरिएपनि इम्बोस्ड नम्बर प्लेटको गुणस्तरको कारण गुड्दागुड्दै पटकपटक सडकमै झर्ने समस्या देखिएको छ । पातलो प्लेटका कारण मोटरसाइकल चल्दा वा थर्कँदा पाता खिइने, फुट्ने र भाँचिने समस्या बारम्बार देखिएको छ । सडकमा गुडिरहेको सवारीसाधनबाट आफै नम्बर प्लेट खस्ने, खिएर झर्ने लगायतमा समस्या देखिँदा सेवाग्राहीले बारम्बार दुःख पाउने गरेका छन् । गुणस्तरको विषयमा कुनै परिवर्तन नै नगरी विभागले त्यही नम्बर प्लेट पुनः जडान गर्न लागेको छ ।

महानिर्देशक पाण्डेयले गुणस्तरको विषयमा गुनासो आएको भए पनि तत्कालका लागि पहिले गरेको सम्झौता अनुसारकै गुणस्तरको नम्बर प्लेट जडान हुने बताए ।

इम्बोस्ड नम्बर प्लेटको अर्को गुनासो यसको मूल्यलाई लिएर पनि थियो । अहिले इम्बोस्ड नम्बर प्लेट पाउनका लागि २ हजार ५ सय रुपैयाँ सरकारी राजश्व बुझाउनुपर्छ । सरकारी राजश्व बुझाउन पहिले अनलाइन फारम भर्नुपर्छ र आफूले नजानेमा ५ सय रुपैयाँ तिरेर अनलाइन फारम भरी प्रक्रिया पूरा गर्नुपर्छ । अनि सबै प्रक्रिया पूरा भएपछि २ हजार ५ सय शुल्क तिरेर इम्बोस्ड नम्बर प्लेट पाइन्छ । तर उक्त नम्बर प्लेट राख्नका लागि आवश्यक नट र ब्राकेट भने इम्बोस्ड नम्बर प्लेट बनाइदिने कम्पनीले दिँदैन । त्यसका लागि अर्को ३ सय रुपैयाँ तिरेर सेवाग्राहीले किन्नुपर्छ ।

ठेकेदारले आरएफआइडी गेट नै बनाएन

सरकारले सडकमा गुड्ने वास्तविक सवारीसाधनको विवरण अद्यावधिक गर्न र सवारीसाधनको अवस्थाबारे निगरानी गर्न रेडियो फ्रिक्वेन्सी जडित आरएफआइडी चिप्स जडान भएको नम्बर प्लेट वितरण गर्ने भनेर इम्बोस्ड नम्बर प्लेट जडान गर्न खोजेको थियो । यस्तो नम्बर प्लेट जडान भएपछि त्यहाँ भएको चिप्सका आधारमा विभिन्न स्थानमा राखिएका रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन गेट (आरएफआइडी गेट) ले सवारीसाधन ती गेट वरिपरि आएपछि सवारीसाधनको रेकर्ड आफ्नो सिस्टममा सुरक्षित गर्छ । नम्बर प्लेटमा भएका स्टिकर तथा चिप्सका सहायताले ती सवारीसाधनको तथ्याङ्क अद्यावधिक गर्ने काम ती गेटले गर्छन् । कुन सवारीसाधन कुन मितिमा कता गयो र कहिले फर्कियो वा कुन सवारीसाधन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप