दोलखाका १० मतदान केन्द्रमा मङ्सिर १५ गते पुन: मतदान

रद्द भएका दोलखाका १० वटा मतदान केन्द्रको मतदान मङ्सिर १५ गते हुने भएको छ । सोमबार बिहान बसेको निर्वाचन व्यवस्थापन समितिले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
‘सोमबार बसेको निर्वाचन व्यवस्थापन समितिको बैठकले १५ गते १० वटा मतदान केन्द्रमा पुन मतदान गर्ने निर्णय गरेको छ’, उनले भने, ‘त्यसको तयारी आजैबाट सुरु भएको छ ।’ निर्वाचन आयोगले आइतबार मात्रै मङ्सिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
मङ्सिर १० मा भएको मतदानमा सत्ता गठबन्धनले बुथ क्याप्चर गरेको भन्दै प्रतिनिधि सभाका एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले पुन मतदानका लागि निवेदन दिएका थिए । त्यसपछि आयोगले स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मङ्सिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ : वायुसेवा सञ्चालक संघ
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल
-
हवाई भाडा कम गर्न परिसंघको माग