शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा सोचेअनुसार नतिजा नआएपछि सत्ता गठबन्धनमा छटपटी, एमाले उत्साहित

सोमबार, १२ मङ्सिर २०७९, १० : ४५
सोमबार, १२ मङ्सिर २०७९

बहुमत ल्याएर सरकार बनाउने लक्ष्यका साथ चुनावमा होमिएको सत्ता गठबन्धनको प्रदेश १ मा आशातीत नतिजा आउन सकेन । जसका कारण सत्ता गठबन्धन दलमा छटपटी सुरु भएको छ ।  ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएको ५५ वटा निर्वाचन क्षेत्रको परिणाममा सत्ता गठबन्धन केही सिटले अगाडि छ ।

तर, समानुपातिक मतमा एमाले र राप्रपाले लिएको अग्रताले सत्तापक्ष झस्किएको हो । सुनसरीको क्षेत्र नम्बर ३ (२) मा मतगणना जारी छ । उक्त क्षेत्रमा एमालेले नै जितेको खण्डमा प्रत्यक्षमा एमाले–राप्रपा–जसपाको गठबन्धनको सिट संख्या २७ पुग्नेछ । यो समाचार तयार पार्दासम्म भने काँग्रेसका उम्मेदवार विन्देश्वर यादव एमाले उम्मेदवार रामदेव यादवभन्दा केही मतले छन् । काँग्रेसका उम्मेदवार विजयी भए सत्ता गठबन्धनले प्रत्यक्षमा ३० सिट जित्ने देखिन्छ । यता सत्ता गठबन्धन दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा २९ सिट जितिसकेका छन् । 

प्रदेशमा सरकार गठनका लागि आवश्यक संख्या ४७ चाहिन्छ । ९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ २ सिटको अन्तर भएपनि समानुपातिकतर्फको मतमा देखिएको अग्रताले एमाले–राप्रपा–जसपाको गठबन्धनले बहुमत पाउने देखिन्छ । 

प्रदेश १ मा समानुपातिक मतमा एमाले पहिलो छ । सोमबार बिहान साढे १० बजेसम्म कूल सदरमत १५ लाख ८४ हजार १३ मत गणना हुँदा एमालेले ५ लाख ५२ हजार ६४१ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ४ लाख ६१ हजार २३२, राप्रपाले तेस्रो स्थानमा उक्लँदै १ लाख ७० हजार ५४२ मत पाएको छ । चौथो स्थानमा झरेको माओवादी केन्द्रले १ लाख ५७ हजार ९४०, जसपाले ५२ हजार ८२४ र नेकपा एसले ४९ हजार ४८२ मत पाएको छ । अन्य पार्टीहरुले थ्रेस होल्ड अर्थात् १ दशमलव ५ प्रतिशत मत कटाएका छैनन् ।

अहिलेको समानुपातिक मत प्रतिशतको आधारमा नेकपा एमालेले १४, नेपाली काँग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४ वटा, जसपाले २ र नेकपा एसले १ वटा सिट पाउने देखिन्छ । त्यही आधारमा अन्तिम परिणाम आए एमाले, राप्रपा र जसपाको गठबन्धनलाई समानुपातिक सिट २० वटा हुन्छ । प्रत्यक्षमा २६ सिट (सुनसरी ३ (२) काँग्रेसले जितेको खण्डमा) रहेको एमाले नेतृत्वको गठबन्धनले २० सांसद समानुपातिकबाट थप गरे उसको संख्या ४६ पुग्ने देखिन्छ । 

यता सत्ता गठबन्धनको भने सुनसरी ३ (२) काँग्रेसले जितेको खण्डमा प्रत्यक्षमा ३० भएसँगै समानुपातिक १७ सिट थप गर्दै ४७ सिट पुर्याउन सक्छ । सुनसरी ३ (२)को मतपरिणामले पनि सत्तापक्षको गठबन्धन या एमाले गठबन्धनमध्ये कसले सरकार कसले बनाउँछ भन्ने केहीहदसम्म निर्धारण हुने देखिन्छ । 

प्रत्यक्षमा नेकपा एमाले विजयी उम्मेदवारहरू
१) पाँचकर्ण राई, खोटाङ १ (विजयी)
२) जयप्रकाश चौधरी, मोरङ ४ (१) (विजयी)
३) तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ १ (विजयी)
४) रामबहादुर राना, इलाम २ (२) (विजयी)
५) विदुरकुमार लिङ्थेप, संखुवासभा २ (विजयी)
६) तिलचन पाठक, झापा २ (२) (विजयी)
७) छविलाल चुँडाल, झापा ३ (२) (विजयी
८) राधाकृष्ण खनाल, झापा ४ (१) (विजयी)
९) हिक्मतकुमार कार्की, झापा ५ (१) (विजयी)
१०) होमबहादुर थापा, झापा ५ (२) (विजयी)
११) एकराज कार्की, झापा २ (१) (विजयी)
१२) इन्द्रमणि पराजुली, धनकुटा २ (विजयी)
१३) उमाकान्त गौतम, मोरङ १ (१) (विजयी)
१४) लिलाबल्लभ अधिकारी, मोरङ २ (२) (विजयी)
१५) निरन राई, धनकुटा १ (विजयी)
१६) रेवती रमण भण्डारी, सुनसरी २ (१) (विजयी)
१७) बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु २ (विजयी)
१८) किशोर चन्द्र दुलाल, तेह्रथुम १ (विजयी)
१९) ज्ञानेन्द्र सुवेदी, मोरङ ३ (२) (विजयी)
२०) रमेशकुमार बस्नेत, सुनसरी १ (१) (विजयी)
२१) रोहितबहादुर कार्की, सुनसरी ३ (१) (विजयी)
२२) खड्गबहादुर बस्नेत, मोरङ १ (२) (विजयी)
२३) विजयकुमार राई, सुनसरी १ (२) (विजयी)
२४) रामप्रसाद महतो, सुनसरी २ (२) (विजयी)

नेपाली काँग्रेस विजयी भएको र अग्रता लिएका क्षेत्रहरू
१) भुपेन्द्र राई, खोटाङ २ (विजयी)
२) प्रदिपकुमार सुनुवार, ओखलढुंगा १ (१) (विजयी)
३) गोपाल तामाङ, झापा १ (१) विजयी
४) रामकुमार खत्री, उदयपुर २ (२) (विजयी)
५) मानबहादुर लिम्बू, मोरङ ३ (१) (विजयी)
६) गयानन्द मण्डल, मोरङ ५ (१) (विजयी)
७) खगेन सिंह हाङ्गाम, ताप्लेजुङ २ (विजयी)
८) भूमि प्रसाद राजवंशी, झापा ३ (१) (विजयी)
९) सन्तोष सुब्बा, तेह्रथुम १ (विजयी)
१०) विनोद राई, भोजपुर २ (विजयी)
११) भीम पराजुली, मोरङ ४ (२) (विजयी)
१२) अमृत अर्याल, मोरङ ५ (२) (विजयी)
१३) सदानन्द मण्डल, सुनसरी ४ (१) (विजयी)
१४) इसाइल मन्सुरी, सुनसरी ४ (२) (विजयी)
१५) गोविन्द गिरी, इलाम २ (१) (विजयी)
१६) शमशेर राई, इलाम १ (२) विजयी
१७) हिमाल कार्की, उदयपुर १ (२) (विजयी)
१८) विन्देश्वर यादव, सुनसरी ३ (२) (अग्रता)

माओवादी केन्द्र विजयी भएको क्षेत्रहरू
१) इन्द्रबहादुर आङ्बो, पाँचथर २ (विजयी)
२) बाबुराम गौतम, ओखलढुंगा १ (२) (विजयी)
३) नारायण बहादुर मगर, उदयपुर २ (१) (विजयी)
४) राजेन्द्र कार्की, संखुवासभा १ (विजयी)
५) दुर्गाप्रसाद चापागाईं, तेह्रथुम २ (विजयी)
६) गणेशप्रसाद उप्रेती, मोरङ २ (१) (विजयी)
७) गोम्बु शेर्पा, सोलुखुम्बु १ (विजयी)
८) जीवन आचार्य, मोरङ ६ (१) (विजयी)
९) राजन किराँती, उदयपुर १ (१) (विजयी

नेकपा एस विजयी भएको क्षेत्र
१) राजेन्द्रकुमार राई, भोजपुर १ (विजयी)
२) कमल प्रसाद जबेगु, पाँचथर १  (विजयी)
३) खिनु लङ्वा लिम्बू, इलाम १ (१) (विजयी)

राप्रपा विजयी भएको क्षेत्र
१) सविना बजगाईं, झापा १ (२) (विजयी)
२) भक्ति प्रसाद सिटौला, झापा ४ (२) (विजयी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप