‘भगवत् गीता’ मा सुहानाका लागि हिरोको खोजी

अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म हो ‘भगवत् गीता’ । प्रेमकथामा बन्ने सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा मुख्य भुमिकामा अभिनेत्री सुहाना थापा रहनेछिन् । फिल्मका लागि अभिनेत्री सुहानाको जोडीका खोजी सुरु भएको छ ।
निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार (हिरो) को आवश्यकता भन्दै अडिसन खुल्ला गरेको हो । यस अगाडि हिरोका लागि अभिनेता धिरज मगरसँग कुरा भएको थियो । तर पारिश्रमिकमा कुरा नमिल्दा अहिले फिल्म युनिटले नायकको खोजी सुरु गरेको हो ।
फिल्मका लागि नायकको अलवा बाल कलाकारको पनि खोजी गरिएको छ । ८ देखि १० वर्ष उमेरका बालकको खोजी गरिएको हो । अगामी वैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरिएको फिल्मको छायांकन सेडुल यही मंसिर भनिएको छ । तर कलाकार फाइनल नहुँदा फिल्मको छायांकन अन्योल बन्दै गएको छ । फिल्म जनकपुर, दार्चुला काठमाडौंमा छायांकन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा ढुङ्गेल
-
कर्णाली प्रदेश सभाका पाँचौँ स्थापना दिवस : कर्णाली समृद्धिको अभियानमा एकजुट हुनुपर्ने सन्देश
-
गैरआवासीय नेपाली संघले बुझायो पेरिसस्थित दूतावासमा ज्ञापनपत्र
-
पेस्तोल र गोलीसहित मिटर ब्याजी पक्राउ
-
साताको सेयर बजार : ८९ अंकले नेप्से घट्दा १२ अर्ब ८१ करोडको कारोबार
-
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता