चीनमा एकैदिन ४० हजारभन्दा बढी कोभिड संक्रमित
सोमबार, १२ मंसिर २०७९, ११ : १६

चीन पछिल्लो २४ घन्टामा एकैदिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीव्र ढंगले बढिरहेको छ ।
सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरू भएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।
राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौं प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन् । उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय भागवण्डाका विषयमा प्रचण्डसहित देउवा र खड्काबीच छलफल
-
‘नाइँ नभन्नू ल’ का अनुभवले पनि दिँदैछन् एसईई
-
एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल
-
प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना पक्राउ
-
उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने
-
यौटा सपनाको अवसान अर्थात् बिरेनप्रतापको सपना र पुँजीवाद