शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा समानुपातिकतर्फ एमाले पहिलो

सोमबार, १२ मङ्सिर २०७९, ११ : १९
सोमबार, १२ मङ्सिर २०७९

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेकपा एमाले र राप्रपाले १÷१ सिट जितेको मकवानपुरमा समानुपातिकतर्फ भने एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ मकवानपुसरमा सत्ता गठबन्धन निल हुँदा एमाले र राप्रपाले चुनाव जितेको हो । मकवानपुरमा गठबन्धनमा रहेर चुनाव लडेका नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसका उम्मेदवार क्रमशः मकवानपुर क्षेत्र नम्बर–२ र मकवानपुर–१ बाट पराजित भएका थिए ।

मकवानपुरमा हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ भने एमाले सबैभन्दा बढी मत ल्याउँदै पहिलो दल बनेको हो । समानुपातिकतर्फ एमाले पहिलो दल बन्दा कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थान हासिल गरेका छन् ।

एमालेले मकवानपुर–१ बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ २२ हजार ६११ मत पाउँदा मकवानपुर–२ बाट २८ हजार १९६ मत गरी कुल ५०,८०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

त्यस्तै कांग्रेसले मकवानपुर–१ र २ मा गरी ३६ हजार २६४ मत पाएको छ भने चार महिना अगाडि मात्रै गठन भएको रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २९ हजार ८८९ मत पाएको छ । नेकपा माओवादी केन्द्रले २६ हजार १३३ मतसहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मतसहित पाँचौं स्थानमा रहेको छ ।

खसेको कुल मतमध्ये १ लाख ७० हजार १६६ मत सदर हुँदा ७ हजार ६९९ मत बदर भएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिकमा ५३६ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फको समानुपातिकमा ३ हजार ८२७ मत मात्र प्राप्त गरेको छ ।

३१ हजार भन्दा बढी मत बदर

मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ ३१ हजारभन्दा बढी मत बदर भएको छ । मकवानपुरमा प्रतिनिधिसभातर्फका २ र प्रदेश सभातर्फका ४ वटै निर्वाचन क्षेत्रमा ३१ हजारभन्दा बढि मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार जिल्लामा ३१ हजार ४७४ मत बदर भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मकवानपुर–१ मा ९१ हजार ४८९ मत खसेकोमा ४ हजार ५८ मत बदर भएको छ । यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ मकवानपुर–१ (क) मा ४६ हजार २३० मत खसेकोमा १ हजार ६६३ मत र मकवानपुर–१ (ख) मा ४५ हजार ८० मत खस्दा १ हजार ५०४ मत बदर भएको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ मकवानपुर–२ मा ८६ हजार ३०१ मत खसेकोमा ४ हजार १०२ मत बदर भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ मकवानपुर–२ को (क) मा ४५ हजार ८५३ मत खसेकोमा १ हजार ५९९ मत बदर भएको छ । त्यस्तै मकवानपुर–२ (ख) मा ४३ हजार ३२९ मत खसेकोमा १ हजार ४९४ मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ मकवानपुर–१ मा ९१ हजार ५२७ मत खसेकोमा ३ हजार ५८२ मत बदर भएको छ । प्रदेशसभा समानुपातिकतर्फ मकवानपुर–१ (क) मा ४५ हजार ७५ मत खसेकोमा १ हजार ६९८ मत बदर भएको छ भने मकवानपुर–१ (ख) मा ४६ हजार १२ मत खसेकोमा २ हजार ३९५ मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ मकवानपुर–२ मा ८६ हजार ३३८ मत खसेकोमा ४ हजार ११४ मत बदर भएको छ भने प्रदेशतर्फ ८६ हजार ३३ मत खसेकोमा ५ हजार २६६ मत बदर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप