बुद्ध एयरले माग्यो पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ

निजी हवाई कम्पनी बुद्ध एयरले आफ्नै ग्राउण्ड ह्याण्डलिङ सुविधा माग गरेको छ । कम्पनीले आउँदो जनवरीदेखि नै सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आफ्नै ग्राउण्ड ह्याण्डलिङको सुविधा माग गरेको हो ।
पोखरा विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा वाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङका लागि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा निवेदन प्रस्ताव दर्ता गरेको जनाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले यहिं आउँदो जनवरी १, २०२३ देखि औपचारिक रुपमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको छ । नयाँ विमानस्थल धेरै खर्चमा बनेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने देखिएकाले खर्च कम गर्न पनि विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ व्यवस्था एकीकृत गर्न आवश्यक रहेको बुद्ध एयरको भनाइ छ ।
बुद्ध एयरका देशैभरि आफ्ना गन्तव्यमा आफैले ग्राउण्ड ह्याण्डलिङ गराइराखिएकाले लामो समयको अनुभव र पर्याप्त जनशक्तिले पनि ग्राउण्ड ह्याण्डलिङ व्यवस्थापनमा सफल भएको जनाएको छ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरुवातबाटै पाँचवटा विमान रात्री–बिसान गरी साताको ३०० उडान भर्ने कार्यतालिका बनाएको छ । जसमा हरेक दिन नेपालगन्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन् भने अन्तराष्ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान भर्नेछन् ।
यसैगरि बुद्ध एयरले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन समेत पेस गरेको छ । सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरूले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरू कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बुद्ध एयरले प्राविधिक टिम मार्फत अध्ययनरत गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारले संसद् बैठकको दीर्घामा बसेर रिपोर्टिङ गर्न पाउने नियम बन्दै
-
माओवादी केन्द्र सजिलै पुनर्निर्माण हुँदैन : प्रचण्ड
-
माओवादी केन्द्र र माओवादी समाजवादीबीच पार्टी एकता हुने
-
राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
-
साफ यू–२० फाइनल : नेपालविरुद्ध बंगलादेशलाई पहिलो हाफमा २–० गोलको अग्रता
-
विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले बुझाए राजीनामा