प्रचण्ड र माधवले गरे देउवासँग छुट्टाछुट्टै छलफल
सोमबार, १२ मंसिर २०७९, ११ : ४७

सत्तारुढ दलका नेताका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई छुट्टाछुट्टै भेटेका हुन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपालले देउवालाई भेटका थिए । नेपालले भेटेर फर्किएपछि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा र आगामी सत्ता सहकार्यबारे उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वर्तमान सत्ता गठबन्धनको निरन्तरताका लागि शीर्ष नेता एकमत रहेका प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए ।