चीनका जनताको समर्थनमा पेरिस, एम्स्टर्डम, टोरन्टो र अमेरिकामा समेत प्रदर्शन

लन्डनपछि अब पेरिस, एम्स्टर्डम, डब्लिन, टोरन्टो र अमेरिकाका केही सहरमा चिनियाँ प्रदर्शनकारीको समर्थनमा मानिसहरू भेला भइरहेका छन् ।
यद्यपि बीबीसीले अनलाइनमा साझा भइरहेका तस्बिरको पुष्टि नगर्ने तर पेरिसको पोम्पिडाउ सेन्टर बाहिर मानिसहरु प्रदर्शन गरिरहेको देखिएको भने जानकारी दिएको छ ।
तीमध्ये केहीको हातमा वुलुम्ची मिडिल रोड साइन देखिएको छ । सांघाईको यो सडकको नाम पश्चिमी सिनजियाङको उरुम्ची शहरको नाममा राखिएको हो । गत हप्ता उरुम्चीमा एउटा भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको थियो । उरुकभीकम यस वर्ष अगस्ट महिनादेखि कोभिड प्रतिबन्ध लागेको छ ।
एम्स्टर्डममा धेरै मानिसहरू खाली सेतो कागजसहित देखिएका थिए । यसले चीनमा सेन्सरशिपलाई सङ्केत गर्छ ।
(Paris, 27 novembre) Un groupe de Chinois a organisé un rassemblement devant le Centre Pompidou pour rendre hommage aux victimes d'un incendie qui a fait au moins dix morts à #Urumqi.
— En Solidarité avec Hongkong (@solidarityhk) November 28, 2022
Photos: makey_ame#A4Revolution #白紙革命 #endxictatorship #xijinping #ccp #china #pcc #chine pic.twitter.com/AvJQKhGn61
अनलाइन पोस्ट गरिएका तस्बिरहरूमा, डबलिनमा प्रदर्शनकारीहरूको समूहले ऐतिहासिक सहर संरचनाहरू नजिकै मैनबत्तीहरू बाल्दै र फूलहरू राखेको देख्न सकिन्छ । यस्तै खालको दृश्य सान फ्रान्सिस्को र टोरन्टोका साथै बेलायतको युनिभर्सिटी अफ शेफिल्डमा पनि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्तोल र गोलीसहित मिटर ब्याजी पक्राउ
-
साताको सेयर बजार : ८९ अंकले नेप्से घट्दा १२ अर्ब ८१ करोडको कारोबार
-
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
-
विश्वासको मतको सकस : सुदूरपश्चिमका मुख्यमन्त्री दोस्रो पटक काठमाडौँमा
-
अग्नि सापकोटा माओवादीको केन्द्रीय सदस्यमा मनोनित
-
कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने