निर्वाचनमा होमियो सहकारी बैंक, सातै प्रदेशमा एकैपटक निर्वाचन हुने

राष्ट्रिय सहकारी बैंक निर्वाचनमा होमिएको छ । बैंकको १९ औं वार्षिक साधारणसभासँगै बैंकको नयाँ सञ्चालक समिति चयनका लागि यहीँ आउँदो पुस १६ गते निर्वाचन हुने भएको हो । बैंकको निर्वाचन समितिकाअनुसार पुस १६ गते सातै प्रदेशमा एकैपटक निर्वाचन हुनेछ । प्रदेश नं. १ को विरानगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा साधारणसभा गरिने भएको छ ।
सातै प्रदेशसभाले १ अध्यक्षसहित १४ सञ्चालक सदस्य, १ लेखासुपरिवेक्षक र २ उपलेखा सुपरिपेक्षक समिति सदस्य गरी कुल १८ उमेदवारलाई भोट गर्नेछन् । सम्बन्धित प्रदेशसभाले नै एकाइ प्रतिनिधिहरु प्रमाणित गर्ने हुँदा १६ गते नै सम्बन्धित प्रदेशहरुमा मत गणना हुने र १७ गते केन्द्र (काठमाडौं) मा साधारणसभासहित कुल मत गणना गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्रीकुमार गुरागाईंले जानकारी दिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुको घोषणा भने पुस १८ गते भोलिपल्ट हुनेछ । बैंकको वर्तमान सञ्चालक समितिको अध्यक्षमा केवी उप्रेती रहेका छन् ।
निर्वाचन कार्यातालिका
निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिका अनुसार पुष ५ गते मतदाता नामावली दर्ता तथा प्रकाशन, मतदाता नामावली उपर दावी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरणको कार्यक्रम रहेको छ ।
यस्तै, पुष ६ गते उम्मेदवारको दरखास्त दर्ता, उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूची उपरको दावी विरोध, दरखास्त एवं दावी विरोधको छानबिन, उम्मेदवारी उपर परेको उजुरीको निर्णय तथा नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
यसैगरी पुष ७ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने र अन्तिम उम्मेदवारी सूची प्रकाशन रहेको छ । पुष १६ गते निर्वाचन उपसमितिका तर्फबाट मतदान प्रक्रियाको जानकारी र मतदान कार्यक्रम तय भएको छ । पुष १६ गते एकाई सभा र १८ गते एकाई प्रतिनिधिको केन्द्रीय साधारण सभा हुने निर्णय शुक्रबार बसेको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड