रिलिजमा फ्लप यी बलिउड ४ फिल्म, अहिले मानिन्छन् हिट
बलिउडमा हरेक वर्ष थुप्रै फिल्म रिलिज हुने गरेका छन् । तीमध्ये केहीले मात्र बक्स अफिसमा राम्रो व्यापार गर्छ । केही फिल्मले त दर्शकको अपेक्षा समेत पुरा गर्दैन । हिन्दी फिल्मको इतिहासमा ४ फिल्म छन् । जुन फिल्म रिलिजपछि तुरुन्तै फ्लप साबित भएपनि पछि क्लासिक कल्ट भएका छन् ।
शोले
अमिताभ बच्चन र धर्मेन्द्र स्टारर फिल्म ‘शोल’ रिलिज भएको पहिलो सातामै समीक्षकहरूले फ्लप घोषित गरेका थिए । तर, पछि फिल्म हेर्न थिएटरमा भीड बढ्न थाल्यो । त्यसपछि यो हिन्दी फिल्मको इतिहासकै सबैभन्दा सफल फिल्म बनेको छ । आज पनि मानिसहरू यसलाई हेर्न रुचाउँछन् ।
अन्दाज अपना अपना
आमिर खान र सलमान खान पहिलो पटकसँगै देखिएको फिल्म हो ‘अन्दाज अपना अपना’ । फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गरेका थिए । रिलिजपछि यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । तर, पछिल्ला वर्षहरूमा यो फिल्मको कमेडीलाई मानिसहरूले धेरै मनपराए । आज यो अल टाइम सुपरहिट कमेडी फिल्मको सूचीमा परेको छ ।
सूर्यवंशम :
अमिताभ बच्चनको यो फिल्मको बारेमा हरेक बच्चालाई थाहा छ । यो फिल्म प्रायः टिभीमा देख्न पाइन्छ । यो फिल्म थिएटरमा चल्न सकेन । फिल्मलाई दर्शकले ठाडै अस्वीकार गरेका थिए । यो टिभी प्रसारणपछि भने लोकप्रिय भयो ।
अग्निपथ :
अमिताभ बच्चनको ‘अग्निपथ’ १९९० मा निकै चर्चा भएको थियो । तर, रिलिजपछि फिल्म बक्स अफिसमा फ्लप घोषित भयो । टिभी र डीभिडीको माध्यमबाट फिल्मले जनताको मनमा विशेष स्थान बनायो । विजय दीनानाथ चौहानको भूमिका निभाएका अमिताभ बच्चनको अहिले पनि उक्त भूमिकाको प्रशंसा हुन्छ । –अमर उजाला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड