‘हात्तीछाप’ मा देखिएलान् त दयाहाङ र सौगात ?

फिल्म ‘हात्तीछाप’ निर्माण हुने भएको छ । यस अगाडि ‘पोई पर्यो काले’ र ‘२ नम्बरी’ निर्माण गरेका निर्माण किरण नेपालीले यो फिल्म बनाउने भएका हुन् । केही अगाडि अर्काे एक फिल्म ‘पोई पर्यो बुढो’ बनाउने घोषणा गरेका निर्माता नेपालीले अहिले यो फिल्मलाई थाती राखेर ‘हात्तीछाप’ बनाउन लागेका हुन् ।
फिल्म लेखन कार्यको अन्तिम चरणमा छ । अगामी चैत्रमा छायांकन सुरु हुने बताइएको फिल्ममा नाम चलेका कलाकार रहने निर्माता नेपालीले बताए । नेपालीले यसअगाडि बनाएको फिल्म ‘२ नम्बरी’ मा दयाहाङ राई र सौगात मल्ल हिरोको रुपमा रहेका थिए । यो फिल्ममा दयाहाङ र सौगातको सम्भावना कति ? ‘लेखन सकिएपछि मात्र कलाकार को हुने भनेर भन्न सकिन्छ’ निर्माता किरणले भने, ‘दयाहाङ र सौगात दोहोरीने सम्भावना धेरै छ ।’
फिल्मलाई प्रदीप भारद्धाजले लेखिरहेका छन् । रेडबर्ड प्रोडक्शनको प्रस्तुतिमा निर्माण हुने लागेको फिल्मले सामाजिक कथावस्तु विषयमा उठाउनेछ । ‘हात्तीछाप’ लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ । किरणका अघिल्ला दुई फिल्म ‘पोई पर्यो काले’ र ‘२ नम्बरी’ को निर्माणमा कास्की प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) समेत निर्माताको रुपमा थिए । ‘हात्तीछाप’ मा पनि राजिव निर्माताको रुपमा जोडिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड