करिश्मासँग सलोनले कसे लगनगाँठो
सोमबार, १२ मंसिर २०७९, १३ : ०५

अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । उनले सोमबार (आज) प्रेमिका करिश्मा केसीसँग नेपाली परम्पराअनुसार लगनगाँठो कसेका हुन् । सलोन र करिश्माको वैवाहिक समारोह अहिले चन्द्रागिरि रिसोर्टमा चलिरहेको छ । महिला समूहको नौमती बाजासहित जन्ती लिएर सलोन रिसोर्ट पुगेका थिए ।
सलोनका जन्तीमा फिल्म क्षेत्रका थुप्रै चिनिएका अनुहार समेत सहभागी छन् । विवाहमा दुवै तर्फका आफन्त, सहकर्मी र नजिकका साथीभाई सहभागी छन् । सलोनले करिब तीन वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसिसी कार्यान्वयनमा नुल्यान्डको चासो
-
रविलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी
-
विद्युतीय राहदानी : एक महिनाका लागि अनलाइन बुकिङ खुला
-
कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका